site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मुगुमा हतियार देखाइ लुटपाट गर्ने तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । मुगुमा हतियार देखाइ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१, डोल्फु गाउँमा हातहतियारसहित प्रवेश गरी गोली चलाएर धनमाल लुटपाट गर्ने तीनजनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–३ बस्ने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र कमल थापा रहेका छन् ।

KFC Island Ad
NIC Asia

सो समूहले डोल्फु गाँउमा स्थानीयहरूलाई कुटपिट गरी डर त्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा समेत तोडफोड गरेका थिए । तोडफोड गरी नगद पैसा, सुन, चाँदी, यार्सा, मूर्ति, मोबाइल समेतका धनमाल लुटेका थिए । 

लुटेरा समूहबाट प्रहरीले एसएलआर, सोको म्यागजिन दुई थान, २५ राउन्ड गोली, कटुवा पेस्तोल एक थान, कम्ब्याट रंगको रेनकोट पाँच जोडी, सुनका मारवाडी र रिङ थान चार वटा बरामद गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro