site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोपीडितलाई साइमेक्स बीवाईडी फाउन्डेसनकाे ५१ लाख सहयोग
Tiktok banner adTiktok banner ad

काठमाडौं । साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख पाँच रुपैयाँ योगदान गरेको छ । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढीपहिरोपीडितका लागि रकम योगदान गरेको बताएको छ ।

गत शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो ।

आधिकारिक रूपमा फाउन्डेसन स्थापनाको घोषणा भएको छोटो समयमै सीबीसीएफले यो पहिलो योगदान गरेको बताएको छ । यसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्साएको कम्पनीको भनाइ छ ।

फाउन्डेसनले शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा योगदान गर्ने उद्देश्य राखेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद्पीडितहरूसँग ऐक्यबद्धता प्रकट गर्दै उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गरेको बताएको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकताअनुसार सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छन् ।

बाढीपहिरोबाट प्रभावितहरूलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा रहेको उनले बताए ।

यो योगदान राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको लक्ष्य र समाजमा सकारात्मक योगदान गर्ने उद्देश्य अनुरुप भएको कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro