site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

बाढी पहिरोका कारण कति शिक्षण संस्था पूर्ण र कति आंशिकरूपमा क्षतिग्रस्त भएका छन् भन्ने विवरण सङ्कलन भइरहेकै होला । बाढी पहिरोबाट १५० भन्दा बढी विद्यालयमा क्षति पुगेको बताइए पनि यो प्रारम्भिक अनुमानमात्र हुनसक्छ । 

दसैं सुरु भएका कारण अधिकांश विद्यालयमा बिदा छ । यसैले विद्यालय पुनर्निर्माण र सञ्चालनको चर्च पनि अपेक्षाकृत ओझेलमा परेको देखिन्छ । विद्यालय तहका विद्यार्थीहरू बाटो थुन्न र जुलुस निकाल्न नसक्ने हुनाले पनि विद्यालय सञ्चालन राज्यको प्राथमिकतामा नपर्न सक्छ ।

दसैं, तिहार र छट मनाइसकेपछि विद्यालयहरूमा पढाइ सुरु गर्नुपर्ने हुन्छ । त्यसपछि पढाइ पुनः सुरु गरेर चैतमा पाठ्यक्रम सक्नुपर्छ । त्यसका लागि विद्यालयहरू छठपछि राम्ररी सञ्चालन हुनुपर्छ । अर्कातिर, बाढी पहिरोबाट क्षति पुगेका विद्यालयको भने पुनर्निर्माण सकिएको हुँदैन ।

लोकतन्त्रमा राजनीतिक दलहरू र नागरिक समाजका संस्था तथा व्यक्तिले आफैँ बोल्न नसक्नेहरूको बोली पनि बोलिदिनुपर्छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिने गर्छ । क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणको विषय पनि यसको अपवाद हुन सक्दैन ।

क्षतिग्रस्त विद्यालयको विवरण सङ्कलन पक्कै पनि दसैंअगाडि नै सकिन्छ होला । सरकारसँग यति त अपेक्षा गर्न सकिएला नि ! त्यसपछि छठसम्ममा पुनर्निर्माणका लागि योजना तयार गरिसक्नुपर्छ । तीनै तहका सरकारले मिलेर गरे यति काम गर्न मुस्किल हुनेछैन ।  

क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणको रोहमा सबैभन्दा पहिले बालबालिकाको पढाइ नबिग्रोेस् भन्नेमा ध्यान दिनुपर्छ । यसैले अस्थायी व्यवस्था गरेर पनि छठपछि पठनपाठन सञ्चालन गर्ने प्रबन्ध मिलाउनु आवश्यक हुन्छ । एक वर्ष पढाइ रोकिँदा बालबालिकाको जीवनमै असर जो पर्छ ।

विद्यालय भवन सङ्कट पर्दा आश्रयस्थल पनि हुँदोरहेछ । यसैले अब पुनर्निर्माण गर्दा विपत्ति पर्दासमेत उपयोगी हुनेगरी बनाउन ध्यान दिइयोस् । अब विद्यालय बनाउँदा विपत्तिको सम्भावना नभएको र सकेसम्म पर्याप्त खुला जमिन भएको ठाउँ छनोट गरौँ । यसैगरी अपाङ्गता हुनेहरूका लागि पनि विद्यालय उत्तिकै सहज हुनेगरी बनाउनुपर्ने दायित्वको हेक्का रहोस् ।

विद्यालय भवन निर्माणका लागि आवश्यक रकम संघीय सरकारले जुटाउने, लगत अनुमानदेखि नक्सा डिजाइन प्रदेश सरकारले तयार गर्ने र कार्यान्वयन स्थानीय तहले गर्ने विधि अपनाए सबै विद्यालय एकैपटक निर्माण हुनेछन् । निर्माण कार्यमा विद्यालय सञ्चालक समितिलाई जिम्मेवार बनाइनुपर्छ । 


 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro