site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भेडा किन्ने बहानामा २० लाख ७० हजार अनियमितता, ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख भिमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले भेडा खरिद गर्ने बहानामा २० लाख ७० हजार ४४९ रुपैयाँ भ्रष्टाचार गरेको ठरह गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा छाँयानाथ रारा नगरपालिकाका तत्कालीन इन्जिनियर हरिदेव पण्डित र सबइन्जिनियर विष्णुभक्त हितान, ऋणिमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक सुरबहादुर बुढा, कर्णाली एकीकृत महिला विकास सञ्चका सञ्चालक राधिका मल्ल र रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावत छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को पशु बधशाला निर्माण र भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धान हुँदा नगरेको कामलाई भयो भनी गलत कागजात बनाएर खर्च नभएको २० लाख ७० हजार ४४९ रुपैयाँ भुक्तानी लिने तथा दिने काम गरेको भेटिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro