site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कारागार कार्यालयका अधिकृत एक लाख घुस रकमसहित नियन्त्रणमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित कारागार कार्यालयका शाखा अधिकृत विनोदकुमार दत्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले उनलाई आइतबार एक लाख रुपैयाँ घस रकमसहित नियन्त्रणमा लिएको हो । उनको साथमा स्रोत नखुलेको ५० हजार रुपैयाँ समेत भेटिएको अख्तियारले जनाएको छ ।

काठमाडौंको टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ लिइसकेको अवस्थामा कारागार कार्यालय नवलपरासीको भवनबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro