site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरुग्वे १३ वर्षपछि कोपा अमेरिकाको सेमिफाइनलमा 

काठमाडौं । टाइब्रेकरमा ब्राजिलविरुद्ध ४–२ को जित निकाल्दै उरुग्वे कोपा अमेरिका–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान अमेरिकाको एलेजियन्ट रंगशालामा भएको खेल गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

पेनाल्टीमा ब्राजिलबाट प्रहारका लागि आएका चार खेलाडीमध्ये दुई खेलाडी मात्र गोल गर्न सफल बने । ब्राजिलका एड्रियस पेरेरा र ग्याब्रियल मार्टिनेलीको प्रहार गोल भएको थियो । इडर मिलिटाओको प्रहारलाई उरुग्वेका गोलकिपरले विफल बनाउँदा डग्लास लुइसको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । 

Dabur Nepal
NIC Asia

उरुग्वेका पाँच खेलाडीमध्ये चार खेलाडी गोल गर्न सफल रहे । उरुग्वेका फेडेरिको भाल्भार्डे, रोड्रिगो बेन्टानकुर, जर्जियन डेम अरास्काइटा र म्यानुअल उगार्टेले गोल गरे । 

जोजे मारिया गिमेनेजको प्रहार ब्राजिलका गोलकिपरले बचाए पनि टिमको लागि पर्याप्त बन्न सकेन । जितसँगै १५ पटकको च्याम्पियन उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलम्बियाविरुद्ध खेल्नेछ । 

सन् २०११ को संस्करण जितेयता उरुग्वे पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनामा भएको उक्त संस्करणको फाइनलमा पराग्वेविरुद्ध ३–० को जितसहित उरुग्वे च्याम्पियन बनेको थियो । प्रतियोगिताको इतिहासमा हालसम्म उरुग्वेले १५ पटक उपाधि जितेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro