site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा भारी वर्षा, उपत्यकाका नदीमा बाढी, कति पर्‍यो पानी ?
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो । 

कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ । 

टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । 

KFC Island Ad
NIC Asia

“अहिले पनि काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने, “लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा भइसकेको छ ।”  

२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा भनिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ । 

५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भनिन्छ । 

काठमाडौंमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ । 

नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुललगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीले जनजीवन प्रभावित भएको छ । 

नदी छेउका सडकहरू डुबानमा परेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro