साहित्य
युक्त सुवेदी सुयुक्ता
कहिल्यै फर्किन्नन् भो नकुर्नु छोडेर जानेहरू
धरातल नै बिर्सिएर खुट्टा उचालेर जानेहरू
सबैथोक दिएजस्तो लाग्ने मात्रै हो सम्झनु
दिँदैनन् केही नाम निसाना बिर्सेर जानेहरू
को पराई को आफ्नो मुटुभित्रै राख्न खोजेँ
देख्दिनँ मैले कता छन् मुटुमै टेकेर जानेहरू
सुत्नुभन्दा अघि जब आँसु बग्न थाल्छ भने
यस्तै हो रोइरहन्छन् जिन्दगी मेटेर जानेहरू
उमेरसँगै जीवन पनि सकिन्छ भन्ने को हो
जन्मँदै सकिन्छन् हावासँगै बहेर जानेहरू ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१ ०७:४६
प्रतिक्रिया दिनुहोस्