site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा
Tiktok banner adTiktok banner ad

काठमाडौं । कासी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।   

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तरी भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro