site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा आज बाढीको उच्च जोखिम, सावधानी अपनाउन आग्रह 
फाइल तस्बिर । 

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना छ । 

पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

आज र भोलि वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ । 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।  

विभागका अनुसार आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
449830263_122114498552355476_3044371670011401391_n-1720238704.jpg
 


 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro