site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी बस्तीमा पसेपछि भजनी नगर क्षेत्र जलमग्न
तस्बिर : फेसबुकबाट ।
Tiktok banner adTiktok banner ad

कैलाली । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए । “वडा नम्बर–१ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन् । यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्,” नगर प्रमुख चौधरीले भने, “डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने ? पालिकाले हजारौँ परिवारको उद्धार गर्न सक्ने अवस्था पनि छैन ।”

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्छ ।

“अहिलेसम्म धनजनको क्षतिको खबर छैन । घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाँडाकुँडा, खाद्यान्न भिजेका, बगेका जस्ता क्षति भएका छन्,” नगर प्रमुख चौधरीले भने, “पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्‍यौँ ।”

बाढी घरमा पसेपछि भजनी–२ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । “घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ,” उनले भने, “सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्‍यो ।”

यस्तै, लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका–३, भितरियामा पौने २०० घर डुबानमा परेका छन् । काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका १७० बढी घर डुबानमा परेका स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कतिपय घरभित्रै बसिरहेको उनले जानकारी दिए ।

उता, लगातारको वर्षापछि कैलारी गाउँपालिका–७, रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro