site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको प्रश्नमा शर्माले भनिन्, "सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन, हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् । तर, प्रचण्डले आफूले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।

बिहीबार बिहानमात्र उनले राजीनामा बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूलाई केही दिन पर्खिन आग्रह गरेका थिए । त्यसपछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिएर फर्किएका थिए ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिले प्रधानमन्त्री बन्ने गरी दुई दलबीच सहमति भएको छ । दुई दलले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएका छन् । उनीहरूले राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्