site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा गोल्छा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट एनवाईईएफ काठमाडौंको अध्यक्षमा गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा चयन भएका छन् । उनले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, एनवाईईएफ काठमाडौंको अरू पदाधिकारी र कार्यसमिति सदस्य पनि चयन गरिएको छ । गोल्छा नेतृत्वको नयाँ कार्यसमितिमा पहिलो उपाध्यक्षमा आप्पा शेर्पा र दोस्रो उपाध्यक्षमा अनुभाव श्रेष्ठ चयन भएका छन् ।

Agni Group
NIC Asia

क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल कार्यसमिति सदस्य चयन भएका छन् ।

नवनिर्वाचित समितिले एनवाईईएफ काठमाडौंको उद्देश्यलाई निरन्तरता दिने र स्थानीय व्यापार वातावरणमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । उनीहरूले विगतका उपलब्धिमा आधारित भएर संगठनलाई नयाँ उचाइमा लैजान प्रतिबद्ध जनाएका छन् ।

Global Ime bank

त्यस अवसरमा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम समेत गरिएको छ ।

एनवाईईएफ स्टार्टअप अवार्ड, महिला उद्यमीलाई सम्मान, एनवाईईएफ जुनियर उद्यमशीलता र विभिन्न नेटवर्किङ कार्यक्रम गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय