site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल पेचिलो परिस्थितिमा छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल सुन्दर र साधनस्रोतले पूर्ण रहेकाले सबैका आँखा यहाँ रहेको उनले उल्लेख गरे । उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । नेपालको साधनस्रोतलाई कब्जा गर्ने होडबाजी चलिरहेको उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको उनले बताए ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनका क्रममा विप्लवको भनाइ पढ्नोस्–
नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्ने कुरा यहाँहरू सबैलाई थाहा छ । हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै स्रोतसाधनले सम्पन्न पनि छ । सुन्दरता र स्रोतसाधनले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्त्वहरूको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ । यसको स्रोतसाधनलाई कब्जा गर्ने होडबाजी निकै तीव्र ढंगले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठूलाठूला कुसपनाहरू पनि मडारिरहेको हामी देख्छौँ । नेपाल यस्तो ठाउँमा छ । नेपालका श्रमिक जनताहरूले हामीलाई हेरिरहेका छन् । यो महाविधेशनलाई हेरिरहेका छन् । नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै छन् । नेपालका मजदुर, किसानहरू, जाति–जनजातिहरू, मधेस, पहाड, महिला, श्रमिक समुदाय, दलितहरू, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायहरू छन्, यी सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन् । उनीहरूका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro