site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका : समूह चरणमा अर्जेन्टिनाको शतप्रतिशत जित

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा पेरुविरुद्ध २–० को जित निकालेसँगै अर्जेन्टिना शतप्रतिशत नतिजासहित कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान हार्ड रक रंगशालामा अर्जेन्टिनालाई जित दिलाउन दुवै गोल लौटारो मार्टिनेजले गरे । ६४ हजार ९७२ समर्थकमाझ मार्टिनेजले ४७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए ।

Dabur Nepal
NIC Asia

यस्तै, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा मार्टिनेजले नै गोल गरेपछि अर्जेन्टिनाले समूह चरणका सबै खेलमा जित पक्का गरेको हो । जारी प्रतियोगितामा मार्टिनेजको यो चौथो गोल हो । प्रतियोगिताको ‘गोल्डेन बुट’ दौडमा मार्टिनेज सबैभन्दा अघि छन् । पेरुविरुद्ध अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेसी भने चोटका कारण टिममा थिएनन् ।

यस्तै, आइतबार बिहान नै भएको अर्को खेलमा चिलीलाई गोलरहित बराबरीमा रोक्दै क्यानडाले समूह ‘ए’ बाट प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको छ । प्रतियोगिताको समूह ‘ए’ बाट अर्जेन्टिनाले शीर्ष स्थान हाशिल गर्दा क्यानडा उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । यस्तै, यो समूहबाट दुई पटकको च्याम्पियन चिली र पेरु भने बाहिरिएका छन् । चिलीले सन् २०१५ र २०१६ मा लगातार कोपा अमेरिकाको उपाधि जितेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro