site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘एक युवा, एक विरुवा’ अभियानको सुरुआत  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वातावरण संरक्षणतर्फ महत्त्वपूर्ण कदम चाल्ने उद्देश्यसहित ‘एक युवा, एक विरुवा’ अभियानको औपचारिक सुरुआत भएको छ ।  

नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा शुक्रबार सो अभियान सुरु भएको हो । नुवाकोटको विदुर नगरपालिकाबाट अभियानको सुरुआत भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा सात हजार ७०० रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

Photo-4-1719728760.jpeg
 

Global Ime bank

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले विदुर नगरपालिकामा विरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरूले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुआत भएको र युवाहरूसँग उर्जा र बल भएको बताइन् । उपसभामुख रानाले भनिन्, “यस अभियानमा सहभागी हुने युवाहरू सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण हुन् । विरुवा रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौँ, भावी पुस्ताका लागि उदाहरण पनि बन्नेछ ।” 

अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका सात हजार ७०० युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल सात हजार ७०० बिरुवा रोप्नेछन् । यस अभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रमअन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।   

Photo-3-1719728760.jpeg
 

दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुआत भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले बताइन् । “यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पु¥याउने हाम्रो विश्वास छ,” उनले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय