अर्थ व्यवसाय

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गर्नेछ ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १९:५१
प्रतिक्रिया दिनुहोस्