site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अप्ठ्यारो परिस्थितिका कारण कांग्रेस–एमालेबीच सहमति : केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले विपक्षमा रहँदा साथ दिने दलहरूसँग छलफल गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

बैठकपछि नेता अर्जुनरसिंह केसीले नेकपा (एमाले)सँग भएको सहमतिका विषयमा कसरी जाने भन्ने बारेमा छलफल गरिएको बताए । “एमालेको सहमतिका बारेमा आउने दिनमा कसरी जाने भन्ने छलफल भयो । विपक्षमा रहँदा साथ दिने दलहरूसँग पनि छलफल गर्ने भएको छ,” उनले भने ।

उनका अनुसार, बुधबार (भोलि) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ ।

सत्ता परिवर्तनभन्दा पनि समग्र देशमा देखिएको अप्ठ्यारो परिस्थितिका कारण दुई दलबीच सहमति भएको उनले बताए । यो सहमतिले नयाँ दिशा लिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro