राजनीति

काठमाडौं । नेपाली कांग्रेसले प्रतिपक्षमा बस्दा सँगै रहेका दलहरूसँग छलफल गर्ने भएको छ । कांग्रेसको पदाधिकारी बैठकले प्रतिपक्षमा रहेका दलहरूलाई छलफलमा बोलाउने निर्णय गरेको हो ।
छलफल साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ । छलफलमा राप्रपा, जनमोर्चा, लोसपा, जसपालाई बोलाउने निर्णय भएको कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देबेले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्