site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली पोल : दुईतिहाइ चाहन्छन् नेतान्याहू हटून्
Tiktok banner adTiktok banner ad

जेरुसेलम । इजरायलको एउटा ओपिनियन पोलमा दुईतिहाइ मानिसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पद छोड्नुपर्ने बताएका छन् ।

इजरायली च्यानल १२ ले गरेको उक्त पोलमा ६६ प्रतिशतले नेतान्याहूलाई पदबाट हट्न आग्रह गरेका छन् । २७ प्रतिशतले अर्को कार्यकालका निम्ति पनि समर्थन गरेका छन् । यति हुँदाहुँदै पनि नेतान्याहू चाँडै निर्वाचन गर्ने पक्षमा देखिएका छन् ।

यही जुन २० मा इजरायली दैनिक मारिभले गरेको पोलमा पनि ३५ प्रतिशतले नेतान्याहू प्रधानमन्त्रीका निम्ति उपयुक्त भएको जनाएका थिए । ४२ प्रतिशतले पहिलाका आपत्कालीन युनिटी सरकारका सदस्य बेन्नी गान्जको पक्षमा मत हालेका थिए । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro