site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा छौँ : सीपी गजुरेल
फाइल तस्बिर ।

काठामाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले आफूहरू कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल अध्ययन समाजले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट पार्टीलाई मजबुत बनाउन पनि कम्युनिस्टबीचको एकता अनिवार्य रहेको उनले उल्लेख गरे । नेपालका कम्युनिस्ट पार्टीबीच एकताको विषय अहिले ‘हटकेक’ जस्तै भएको उनले बताए ।

उनले कम्युनिस्ट जनवादी गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा सीपी गजुरेलको भनाइ पढ्नोस्–
नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हटकेकजस्तै भएको छ । सबै नेताहरूले यो कुरा बोली हाल्नुहुन्छ– ल, हाम्रो पार्टीचाहिँ एकताको पक्षमा छ । सकेसम्म पार्टी एकता नै गर्ने, नभए पनि मोर्चा गर्ने । केही न केही त गरेरै छाड्छौँ भनी हाल्नुहुन्छ उहाँहरू । अहिलेको एउटा आवश्यकता के हो भने एउटा मजबुत क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो । नेपालमा अहिले जुन व्यवस्था आएको छ, लोकतान्त्रिक गणतन्त्र जुन आएको छ, त्यो हामीले मागेको हो कि परिस्थितिको उपज हो ? के त्यतिखेरको माओवादीले यही लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जनयुद्ध गरेको हो त ? त्यो त होइन । एउटा त कम्युनिस्ट आन्दोलन कमजोर भएको छ, त्यसलाई बलियो बनाउनुपरेको छ । दोस्रो, अहिलेको आन्दोलनमा ठूलो भ्रम पैदा भएको छ । जनतमा भ्रम दिने दुईवटा विषय छन् – एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरू के भन्छन् भने समाजवादको लागि अगाडि बढ्ने हो । अर्काे, सबैले गणतन्त्र भन्छन् । यो लोकप्रिय भएको छ । हाम्रो पार्टी असाध्यै कम्युनिस्ट एकताको पक्षमा छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro