देश
काठमाडौं । स्याङ्जामा पहिरोले घर बगाउँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमाछोरी छन् ।
“फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे २५/३० मिटरमाथिबाट आएको पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकी जिटीको मृत्यु भएको हो,” जिल्ला प्रहरी कार्यालय स्याङजाका डीएसपी इन्द्रबहादुर रानाले बाह्रखरीसँग भने, “घरमा आमा छोरी मात्रै रहेकोमा उनीहरू दुवैजनाको मृत्यु भएको हो ।”
सुतिरहेका बेला पहिरो आएको थियो ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: शनिबार, असार १५, २०८१ ०८:५६
प्रतिक्रिया दिनुहोस्