site stats
बाह्रखरी :: Baahrakhari
देश
यी स्थानमा हुँदै छ भारी र धेरै भारी वर्षा, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना  
फाइल तस्बिर ।

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना छ । 

कासी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Argakhachi Cement Island Ad

ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

विभागका अनुसार बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । 

विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । 

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । कम्तीमा अबको चार दिन देशभर मनसुन सक्रिय रहँदा धेरै स्थानमा वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०५:५२
प्रतिक्रिया दिनुहोस्