site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेका शीर्ष नेताबीचको संवादले आशाको सञ्चार : सांसद गिरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दल कांग्रेस र नेकपा (एमाले)का नेताबीचको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कांग्रेस र एमालेका शीर्ष नेताबीचको सघन संवादले आशाको सञ्चार गरेको बताए ।

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका निम्ति कांग्रेस–एमाले मिल्न आवश्यक रहेको उनले टिप्पणी गरे । उनले संविधान संशोधनसम्मका निम्ति कांग्रेस र एमालेबीच संवाद र सहकार्य गर्नुपर्ने बताए ।

निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको उनले उल्लेख गरे । संविधान संशोधनका निम्ति अरू दलहरूसँग पनि छलफल गर्नुपर्ने उनले बताए ।

उनले कांग्रेस–एमालेका शीर्ष नेताबीचको भेटवार्तालाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

प्रतिनिधिसभा बैठकमा सांसद दीपक गिरीको भनाइ पढ्नोस्–
चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा (एमाले)का शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरूका बीच संवाद र सहकार्य आवश्यक छ । यसैगरी, निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरूबीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro