देश
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।
त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ २२:१२
प्रतिक्रिया दिनुहोस्