site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेस्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले 'एभरेस्ट बैंक लिमिटेड ऋणपत्र, २०९१' जारी गर्दै छ ।

बैंकको प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशतका दरले ब्याज भुक्तानी ६/६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ ।

उक्त सम्झौतामा एभरेस्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro