site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षककै प्रमाणपत्र नक्कली ठहर, अदालतको फैसलासँगै जागिर गयो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । तनहुँको बालमन्दिर माध्यामिक विद्यालयको शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर भएको छ । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले शिक्षक सुनिता उपाध्याय पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएको फैसला गरेको हो ।

शिक्षक पौडेललाई ३० हजार जरिबाना हुने फैसला भएको छ । उनको जागिर र सेवानिवृत्त भएर पाउने सुविधा पनि रोकिने भएको छ । 

अख्तियार दुरुपयोग अनुसनधान आयोगले गएको फागुन २९ मा शिक्षक पौडेलले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाइस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । शुक्रबार विशेष अदालतले उनी नक्कली प्रमाणपत्रमा दोषी रहेको फैसला गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro