site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ : प्रधानमन्त्री
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नकारात्मक भाष्य चिर्ने र जनताका पक्षमा अझ राम्रा काम गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको उनको भनाइ छ । उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने उनले बताए । कम्युनिस्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर नकारात्मक भाष्य चिर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

Global Ime bank

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको भनाइ पढ्नोस्–
क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यति बेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी, लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु । अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ । चाहे त्यो २०४६ सालको जनआन्दोलनको कुरा गरौँ वा जनयुद्ध र जनआन्दोलनको संयोजनपछि हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको कुरा गरौँ । देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो । धेरै भएको छ । तर, जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन । त्यो पनि सत्य हो । तर, यहाँ एउटा प्रवृत्ति, अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति, कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ । हामी कम्युनिस्टहरूको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ । हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ । तर, यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यसखालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ । हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढी नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय