site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो आउन लागेको कसरी थाहा पाउने ? यसरी गर्न सकिन्छ पूर्वतयारी
फाइल तस्बिर ।

काठमाडौं । पानी पार्ने मनसुन प्रणाली सक्रिय भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको छ । वर्षाको समयमा तुलनात्मक रूपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ ।

पहिरोका पूर्वसंकेत पनि देखिन्छ । समयमै त्यसतर्फ ध्यान दिए क्षति कम गर्न सकिने भूगर्भविद् बताउँछन् । कहिलेकाहीँ पहिरोका पूर्वसंकेत देखिने खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटाको भनाइ छ ।

जियोलोजिस्ट बास्कोटाले पहिरोका पूर्वसंकेत र त्यसबाट जोगिन गर्नुपर्ने पूर्वतयारीबारे बताएका छन् ।

पहिरो आउन लागेको कसरी थाहा पाउने ?
१. घर–आँगन, बस्ती वरिपरि चिरा परेको देखिनु ।
२. जमिनबाट कटकट गर्ने आवाज आउनु ।
३. रुख र बिजुलीका पोलहरू ढल्किएको देखिनु ।
४. पानीका मूलहरू अस्वाभाविक रूपमा सुक्नु अथवा मूलहरू बढ्नु, नयाँ ठाउँमा मूलहरू देखापर्नु र भइरहेका मूलबाट धमिलो पानी आउनु ।
५. भिरालो जमिनबाट ढुंगा, माटो खस्नु ।
६. ठाडो खोल्साहरूमा एक्कासि बहाव रोकिनु । माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुनसक्छ ।
७. घरका झ्यालढोका एक्कासि बन्द गर्न र खोल्न अप्ठ्यारो हुनु ।
८. घरका भित्ता र भुइँमा चिराहरू देखिनु ।
९. बस्तीभन्दा तलपट्टि ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रूपमा जमिन कटान गर्न लागेको छ भने अब पहिरो जाँदै छ भनेर बुझ्नुपर्छ । र, तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन जरुरी हुन्छ ।

पहिरो आउन नदिन पूर्वतयारी कसरी गर्ने ?
१. बर्सातभन्दा अगाडि नै भेलपानीलाई बस्तीनजिक अथवा कमजोर भू–भागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिने ।
२. बर्सातअगाडि घर वरपर साना कान्लाहरूमा चिराहरू देखिए चिम्टाइलो माटो लगेर त्यसमा खाँदेर पुर्ने । सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्ने ।
३. पुरानो पहिरो गएका स्थानमा बस्ती नबसाउने ।
४. नदीनालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने । यसमा विभिन्न इन्जिनियरिङ डिजाइन पनि पर्छन् ।
५. जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने ।
६. भिरालो डाँडा वा पहाडको ठ्याक्कै मुनि बस्ती नबसाल्ने ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro