site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी र डुबानबाट जोगिन के गर्ने ?
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पानी पार्ने मनसुन प्रणाली सक्रिय भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको छ । मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा वर्षभरि हुने कुल वर्षाको ८० प्रतिशत पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षासँगै बाढीपहिरो र डुबानको जोखिम हुन्छ । विशेष गरी होचा स्थानमा बाढी र डुबानको जोखिम बढी हुन्छ । बाढी र डुबानबाट जोगिन केही उपाय अपनाउन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढी र डुबानबाट जोगिन यी उपाय अपनाउन सकिन्छ–
१. अत्यधिक पानी परेर बाढी आउने सम्भावना भएको समयमा होचा र नदी किनारका क्षेत्रमा हिँड्डुल नगर्ने ।
२. गाउँ एवं बस्तीमा बाढी आए अग्लो भूभाग वा सुरक्षित स्थलमा जाने ।
३. वर्षायाममा सकेसम्म नदी एवं खोलातटीय क्षेत्रमा नबस्ने र बाढी तथा डुबानबाट जोगिन सुरक्षित स्थलको पहिल्यै पहिचान गरी उक्त ठाउँसम्म जाने बाटोबारे स्पष्ट हुने ।
४. रातभर पानी परेको अवस्थामा परिवारका सदस्यहरू आलोपालो गरी सुत्ने ।
५. नदी एवं खोलामा पानीको बहाव बढेर ढुंगामाटो कटान गरेमा आफूभन्दा तल्लो भेगको गाउँ र बस्तीमा तत्कालै खबर गर्ने ।
६. मौसमी गतिविधिबारे सञ्चारका कुनै पनि माध्यमबाट जानकारी लिने ।
७. बाढीको सूचना दिने र लिने व्यक्ति तथा संस्थाको सम्पर्क नम्बर सुरक्षित राखी बाढीसम्बन्धी कुनै पनि शंका लागेमा वा समस्या परेमा तत्काल फोन गर्ने ।
८. बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बाढीका बारेमा जानकारी लिने ।
९. बाढी तथा डुबान हुने सम्भावना रहेमा गरगहना, रुपैयाँ÷पैसा, औषधि, महत्त्वपूर्ण कागजात, सुक्खा खानेकुरा, पकाएर खाने खाद्यसामग्री लिएर सुरक्षितस्थलमा जाने ।
१०. टर्च, लौरो, सिटी, डोरीजस्ता सामग्री बाढी र डुबानको समयमा निकै सहयोगी बन्ने हुँदा तिनको व्यवस्थापन गर्ने ।
११. बाढी र डुबानको समयमा पानी प्रदूषित हुने हुँदा पानी सफा गर्ने फिटकिरी वा औषधिजस्ता सामग्रीको व्यवस्थापन गर्ने ।
१२. बाढी र डुबानका बारेमा जानकारी दिन वा आवश्यक उद्धारका निम्ति खबर गर्न मोबाइलमार्फत सजिलो हुने हुँदा मोबाइलमा आवश्यक ब्यालेन्स र पर्याप्त चार्ज राख्ने ।
१३. बाढी र डुबानका कारण उद्धारको आवश्यकता परेमा ११४९ नम्बरमा सम्पर्क गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro