site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
द्वन्द्वपीडितको वर्गीकरण आवश्यक : सांसद गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउन माग गरेकी छन् । 

राष्ट्रियसभाको बिहीवारको बैठकमा बोल्दै उनले २०६३ मंसिर ५ गते शान्ति सम्झौता भए पनि अहिलेसम्म संक्रमणकालीन न्यायलाई टुंगो लगाउन नसक्दा पीडितहरू झनै पीडित बनेको बताइन् । उनले पटक पटक आयोग बन्ने तर, द्वन्द्वपीडित र सत्य निरुपण गर्न नसकेको उल्लेख गरिन् । 

राजनीतिक दलहरूले विभिन्न मञ्चमा प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा गर्न नसकेको जिकिर गरिन् । द्वन्द्वसँग सरोकार नराख्ने निःसशस्त्र व्यक्ति हत्या गरेको, बेपत्ता पारेका लगायतका पीडित परिवारलाई ‘तिम्रा परिवार गुमायौ अब बिर्सिदेउ र मेलमिलाप गर’ भन्ने जस्ता अभिव्यक्ति द्वन्द्वपीडितले सुन्नुपरेको बताइन् ।

सांसद गुरुङले द्वन्द्वपीडितको वर्गीकरण गर्न अति आवश्यक रहेको बताइन् ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro