site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतकी राष्ट्रपतिले भनिन्– छिमेकीसँग मेरो सरकारले सम्बन्ध बलियो बनाएको छ

नयाँ दिल्ली । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले छिमेकी पहिलो नीतिअनुसार आफ्नो सरकारले छिमेकीसँगको सम्बन्ध बलियो बनाएको दाबी गरेकी छन् ।

१८औँ लोकसभाको पहिलो सत्र चलिरहेको बेलामा बिहीबार ३० बुुँदे सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा भारतीय राष्ट्रपतिले सो कुरा बताएकी हुन् ।

२७औँ बुँदामा उनले छिमेकीका कुरा गरेकी छन् । उनले त्यस क्रममा संघीय मन्त्रिपरिषद्को ९ जुनमा भएको शपथग्रहण समारोहमा सात छिमेकी मुलुकका नेताको सहभागिताले पनि आफ्नो सरकारको प्राथमिकता प्रतिविम्बित गरेको बताएकी छन् । 

उनले भारतको ‘सबका साथ, सबका विकास’को भावनाले इन्डो प्यासिफिक क्षेत्रका देशको सहयोग पनि बढिरहेको जनाइन् ।

उनले २१औँ शताब्दीको अहिलेको तेस्रो दशकमा विश्वको अर्डरले नयाँ आकार लिइरहेको जनाउँदै आफ्नो सरकारको प्रतिबद्धताअनुसार विश्वबन्धुको लागि भारतले विश्वलाई नयाँ विश्वास दिइरहेको समेत जनाएकी छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro