देश
-1748956627.jpg)
काठमाडौं । काठमाडौंको जडीबुटीमा यातायात व्यवसायीले सुमो गाडी तोडफोड गरेका छन् ।
बन्दका बेला चलाएको भनेर उनीहरूले तोडफोड गरेको काठमाडौ प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
पूर्वअरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वमा जडीबुटीस्थित मनोहरा पुलनजिक विरोध कार्यक्रम भएको थियो ।
१५० जनाको संख्यामा रहेका व्यवसायीको समूहले ओखलढुंगाबाट यात्रु लिएर आएको ना१ज ६९७३ नम्बरको सुमो गाडी तोडफोड गरेका हुन् ।
गाडीको झ्यालको बायाँ साइडको सिसामा तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १९:०२
प्रतिक्रिया दिनुहोस्