site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल–चीन सहयोगलाई थप प्रबर्धन गरिने, मन्त्रीस्तरको संयुक्त आयोग गठन गर्नुपर्नेमा जोड 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइदोङले गरेका थिए । 

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरिएको थियो । साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्यांकन पनि बैठकमा गरिएको परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा दुवै पक्षले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रबर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

बैठकमा दुवै देशका प्रतिनिधिमण्डल प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारीलाई नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषताहरू रहेको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

Global Ime bank

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल एलडीसीबाट अपग्रेड भएपछि नेपालमा विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षले गरेको प्रतिबद्धताका लागि समकक्षीलाई धन्यवाद दिएकी थिइन् ।

चिनियाँ उपविदेशमन्त्री वेइदोङले एक चीन सिद्धान्तप्रति नेपाल गर्दै आएको प्रतिबद्धताको प्रशंसा गरेका थिए । 

दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा सहमति जनाएका थिए । 

बैठकमा उनीहरूले सन् २०२५ मा चीनमा नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन प्रबर्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् ।

बैठकमा दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

उपविदेशमन्त्री वेइदोङ र उनको प्रतिनिधिमण्डल सोमबार काठमाडौं आएको थियो । उनी बुधबार स्वदेश फर्कने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय