site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता दुईजनाको शव फेला

काठमाडौं । सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता भएका दुईजनाको शव फेलापरेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो ।

महोत्तरीको गौशाला नगरपालिका–१० का ३८ वर्षीय कारका चालक सुरेश महतो र महोत्तरीकै सोनामा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेलापरेको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

सर्लाहीको बयलवासबाट मंगलबार (आज) बिहान महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका–२, मियाँखोरस्थित पोखरीमा खसेर डुबेको थियो ।

बिहान करिब साढे ८ बजे दुवैजनाको शव पोखरीबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवत्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रहरीका अनुसार, कारमा तीनजना सवार थिए । तीमध्ये दुईजना बेपत्ता भएका थिए । कारमा सवार अर्का व्यक्ति गौशाला–२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्किएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro