site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता
SkywellSkywell

काठमाडौं । आफ्ना कर्मचारीहरूलाई लक्षित गर्दै प्रभु बैंकले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग छुट सम्झौता गरेको छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट वाग्मतीका प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।

Dabur Nepal
NIC Asia

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरूले परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले दिने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी पनि गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

हालसालै 'बैंक अफ द इयर २०२३'को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro