काठमाडौं । मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थीका लागि शिक्षा, उद्यमशीलता र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ‘थ्रीई कार्यक्रम’ सुरु गरेको छ । कार्यक्रममा एसईई दिएर बसेका ७०० विद्यार्थी सहभागी थिए ।
कार्यक्रमका नेपाल राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापाले ‘भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार थ्री ई’ शीर्षकमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा फाइब्रोका सह–संस्थापक र सीईओ सुरजराज पाण्डेले प्यानल छलफल चलाएका थिए । छलफलमा खल्ती डिजिटल वालेटका सीईओ विनय खड्का, कोडहिमालयका सह–संस्थापक एवं सीईओ इस्मारन दुवाडी, नेपमेड्सका सीईओ केदार चौलागाईं र भारतको कोडिंगलका सह–संस्थापक एवं सीईओ विवेक प्रकाश भारत सहभागी थिए ।
मनास्लु स्कुलका सीईओ नरेशप्रसाद श्रेष्ठले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा युवा स्टार्ट–अप, मनोरञ्जनात्मक कार्यक्रम, र फ्रिक स्ट्रिट ब्यान्डको प्रस्तुति समेत रहेको थियो ।