site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तरदेशीय भुक्तानी बढ्यो, भारतीयले गरे ‘फोन पे’मा २५ करोडको कारोबार

काठमाडैं । भारतीय यात्रुले नेपालमा यूपीआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस)बाट फोनपे नेटवर्कमा छोटो समयमै ठूलो कारोबार गरेका छन् ।

फोन पेका अनुसार गत फेब्रुअरी २८ मा सेवा सुरु भएयता यूपीआईको प्रयोगबाट २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यो कारोबार देशका ७७ वटै जिल्लामा एक लाखभन्दा बढी पटक भएको कम्पनीले बताएको छ ।

यस वर्ष नेपालमा ठूलो संख्यामा भारतीय पर्यटक आउने अपेक्षा गरेका छन् । त्यसैले उनीहरूले अनलाइनमार्फत गरिरहेको कारोबार पनि बढ्दै गएको देखिएको छ ।

फोन पे नेटवर्कमार्फत यूपीआई भुक्तानीको सजिलो, सुरक्षित र द्रुत सेवाले भारतीय पर्यटकको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको फोन पेले जनाएको छ ।

फोन पेका अनुसार नेपालको ८० प्रतिशत क्यूआर कोड प्रणालीले फोन पेमार्फत यूपीआई भुक्तानी लिनसक्छन् ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले यूपीआई भुक्तानीलाई ग्राहकहले छोटो समयमै निकै धेरै प्रयोग गर्नुले बढ्दो माग देखिएको बताए ।

फोन पेले नेपाली नागरिकले भारतमा पनि यूपीआई भुक्तानी गर्नसक्ने गरी प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको र नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतिक्षामा रहेको बताएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro