site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुप्तचर संयन्त्र कार्यकारी प्रमुख मातहत रहने विश्वव्यापी अभ्यास : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुप्तचर संयन्त्र देशको कार्यकारी प्रमुख मातहत रहने विश्वव्यापी अभ्यास रहेको बताएका छन् । बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले राष्ट्रिय सुरक्षा एकदमै पेचिलो र संवेदनशील विषय भएको स्पष्ट पारे ।

“नेपालमा पनि यस सम्बन्धमा पर्याप्त अध्ययन, विश्लेषण गरी यसप्रकारको व्यवस्था गरिएको व्यहोरा म यस सम्मानित सदनसमक्ष जानकारी गराउन चाहन्छु,” उनले भने ।

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखिएको बारे सांसदका जिज्ञासामा उनले प्रस्ट पारेका हुन् । “यसमा सूचनाको प्राप्ति तथा विश्लेषण अत्यन्त महत्त्वपूर्ण भएको हुँदा त्यसको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको प्रभावकारितालाई मध्यनजर गरी प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा राखिएको हो,” उनले भने ।

प्रधानमन्त्रीको जवाफको पूर्णपाठ पढ्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro