site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री श्रेष्ठले तेहरानमा गरे ६ देशका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता 
SkywellSkywell

काठमाडौं । इरान भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले तेहरानमा ६ देशका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

तेहरानमा सम्पन्न एसिया कोअप्रेसन डायलग (एसीडी)को १९औँ विदेशमन्त्री स्तरीय बैठकको साइडलाइनमा उनले ६ देशका विदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् । 

Dabur Nepal
NIC Asia

परराष्ट्रमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेशमन्त्री डा. अली बगेरी, म्यानमारका उपप्रधान तथा विदेशमन्त्री उ थान स्वे, बहराइनका विदेशमन्त्री डा. अब्दुललातिफ बिन रसिद अलजायानी, कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्या, साउदी अरेबियाका उप–विदेशमन्त्री वालिद बिन अब्दुल रिम अल खराइजी र रुसका उप विदेशमन्त्री एन्ड्रीइ रुडेन्कोसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । 

छुट्टाछुट्टै भएका भेटवार्तामा क्षेत्रीय तथा विश्वव्यापी मुद्दा र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इरान भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार स्वदेश फर्कँदै छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro