site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
करिब ६० जनालाई झुन्ड्याउने बंगलादेशी जल्लादको मृत्यु
तस्बिर : एएफपी ।
SkywellSkywell

ढाका । बंगलादेशका खतरनाक जल्लाद मानिने साहजाहान भुइयानको ७४ वर्षको उमेरमा सोमबार मृत्यु भएको छ । उनले थुप्रै ‘सिरियल किलर’ र राजनीतिज्ञलाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने क्रममा झुन्ड्याएका  थिए ।

छातीमा दुखाइपछि उनलाई सोमबार राजधानी ढाकास्थित अस्पतालमा भर्ना गरिएको थियो । त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

उनले कम्तीमा २६ जनालाई मृत्युदण्डका क्रममा झुन्ड्याएको बताइने गरिन्छ । कतिपयले उक्त संख्या ६० हुन सक्ने जनाएका छन् ।

पूर्वक्रान्तिकारी उनी डकैती र हत्या अभियोगमा ४२ वर्षको जेलजीवन तोकिएकामा १० वर्षअघि नै छुटेका थिए ।

उनको हातबाट मारिनेमा देशका संस्थापक नेता मुजीबुर रहमानको हत्या गर्ने सैनिक अधिकारीहरू, राजनीतिज्ञ अली अहसनर मुजाहिड र सलहुद्धिन क्वादर चौधरी, सिरियल किलर एर्शाद सिक्दरलगायत व्यक्ति थिए ।

उनले आफ्नो कामको प्रतिरक्षा गर्दै भन्ने गरेका थिए, “यदि, मैले नझुन्ड्याएको भए अरू कसैले त्यो काम गर्थ्यो ।”

उनीबारे लेखिएको एउटा पुस्तक यो वर्षको सुरुमा सार्वजनिक गरिएको थियो । त्यसले निकै चर्चा पाएको थियो ।

उनले आफूभन्दा ५० वर्ष कान्छी महिलासँग विवाह गरेका थिए । त्यसले उनी कानुनी झमेलामा पनि परेका ढाका ट्रिब्युनले जनाएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro