site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यावसायिक रूपले दक्ष व्यक्ति धितोपत्र बोर्डकाे अध्यक्षमा नियुक्त हुन्छ : अर्थमन्त्री पुन
SkywellSkywell

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको अध्यक्ष व्यावसायिक रूपमा दक्ष व्यक्ति नियुक्त हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सिफारिस समितिले सिफारिस गरेका मध्ये दक्ष व्यक्तिलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका हुन् ।

अहिले बाहिर समाचारमा आएका कुराहरू जस्तो ठूला नेताले नियुक्तिमा अवरोध नगरेको उनको भनाइ छ । तर, अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरणमा सर्टलिस्टमा परेकामध्ये दुईजना मात्र उपस्थित भएकाले अब कसरी अगाडि बढ्ने भनेर सरकारका कानुनी सल्लाहकार महान्याधिवक्ताको कार्यालयमा रायका लागि पठाइएको पनि मन्त्री पुनले  जानकारी गराए ।

Dabur Nepal
NIC Asia

“मिडियामा विभिन्न किसिमका स्वार्थ समूहका कुराहरू आएका छन्, कुनै नेता विशेषले दबाब दिएका कुराहरू आएका छन् । यो कुरा सत्य हैन,” उनले भने, “यसमा व्यावासायिक रूपले दक्ष मान्छे यसको अध्यक्ष चयन हुन्छ भन्ने मेरो विश्वास छ ।”

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले धितोपत्र बोर्डको अध्यक्षको रस्साकस्सीमा २०० करोड रुपैयाँ बोकेर हिँडेको र मन्त्रीहरूले नै यसमा चासो देखाएको कुरा बजारमा आएको भनेर स्पष्ट पार्न प्रश्न गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro