site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालगञ्जको बजेट एक अर्ब ५० करोड ३८ लाख ८६ हजार
Siddhartha BankSiddhartha Bank

नेपालगञ्ज (बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ । 

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब ३५ करोड कम हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तावित बजेटमा आम्दानीतर्फ संघका तर्फबाट ससर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार, समपूरक अनुदान एक करोड र विशेष अनुदान एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान दुई करोड चार लाख, समपूरक अनुदान एक करोड ४० लाख रहेको छ । वित्तीय समानीकरण संघको २७ करोड ९५ लाख, प्रदेशको दुई करोड पाँच लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख संकलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै, राजस्व बाँडफाँट, राजस्व बाँडफाँट रोयल्टी, घर जग्गा रजिष्ट्रेसन (मालपोत), आन्तरिक आय, आन्तरिक आय (मौज्दात)लाई उपमहानगरपालिकाले कुल आम्दानीका रूपमा उल्लेख गरेको छ । 

Global Ime bank

व्ययतर्फ चालु खर्च ३५ करोड ५२ लाख, संघ समपूरक खर्च एक करोड, प्रदेश समपूरक खर्च एक करोड ४० लाख, अन्य समपूरक ७५ लाख, २३ वडा कार्यालयका लागि २० करोड विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख राईले जानकारी दिए । त्यसबाहेक वित्तीय व्यवस्था (सावा), वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखालगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय