site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा एसेम्बल भएको हुन्डाईको भेन्यू ६.९९ प्रतिशत फाइनान्सिङमा किन्न सकिने
SkywellSkywell

काठमाडौं । नेपालमा बनेको हुन्डाईको भेन्यू कारको बिक्री वितरण सुरु भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले लक्ष्मी मोटर कर्पोरेसनमार्फत भेन्यू कारको बिक्री थालेको हो ।

नेपालमा नै व्यावसायिक एसेम्बल (उत्पादन) भएको गाडीका लागि कम्पनीले 'हुन्डाई नेपाल : मेड फर युअर जर्नी' योजना ल्याएको छ ।

Dabur Nepal
NIC Asia

यस योजनाअन्तर्गत हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको सुविधा, १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा बनेको भेन्यू मोडलका गाडीको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका कुराहरू भारतमा बन्ने सोही मोडलका गाडी बराबर रहेको बताएको छ ।

मेड इन नेपाल हुन्डाई भेन्यू १.२ को मूल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको छ । भेन्यू १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्‌को खपत, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro