site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा टीपीएसको म्याद २०२५ को मार्चसम्म थपियो
Siddhartha BankSiddhartha Bank

वासिंटन । अमेरिकामा काम गरिरहेका नेपालसहित पाँच देशका नागरिकलाई दिएको वर्क पर्मिटको म्याद आउँदो मार्च ९, २०२५ सम्मलाई विस्तार गर्न अनुमति दिएको छ । यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस)अन्तर्गत काम गरिरहेकालाई अनुमति दिएको हो । 

ती पाँच राष्ट्रमा नेपाल, एल्साल्भाडोर, निकारागुवा, होन्डुरस र सुडान हुन् । सो सुविधाबाट करिब तीन लाख मानिस लाभान्वित हुने यूएससीआईएसले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सशस्त्र द्वन्द्व, प्राकृतिक विपत्ति, महामारी र असाधारण अवस्थामा परेका मानिसलाई अमेरिकामा बस्न र काम गर्ने सुविधाका लागि त्यहाँ टीपीएसको सुविधा दिइएको हो । 

यसअघि डोनाल्ड ट्रम्पको सरकारको पालामा सो सुविधा कटौती गर्ने तयारी गरिएको थियो । तर, त्यतिबेला सम्भव भएको थिएन । पछिल्लो पटकको सूचनाअनुसार अब उनीहरूले मार्च ९, २०२५ सम्म अमेरिकामा काम गर्न र बस्न मिल्नेछ ।

Global Ime bank

सो सुविधाका लागि रजिस्ट्रेसन गर्न एउटा फर्म भर्नुपर्ने  यूएससीआईएसद्वारा जारी सूचनामा जनाइएको छ । त्यसका लागि नेपाललाई जुन २४, २०२५, एल्साल्भाडोरलाई मार्च ९, २०२५, होन्डुरसलाई जुलाई ५, २०२५, निकारागुवालाई जुलाई ५, २०२५ र सुडानलाई अप्रिल १९, २०२५ को म्याद तोकिएको छ । 

सो सुविधा २०७२ को भूकम्पपछि ९ हजारभन्दा बढी नेपालीले  अमेरिकामा लिइरहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय