site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौंमा 

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका हुन् । 

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मंगलबार काठमाडौंमा हुँदै छ । बैठकमा नेपाल–चीन सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro