site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक दुई दिनमै कर्मचारीको माग सम्बोधन गर्छौँ : मन्त्री गिरी
फाइल तस्बिर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संघीय संसद् सचिवालयका कर्मचारीको माग एक दुई दिनमै सम्बोधन गर्ने जानकारी दिएका छन् । 

संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । मन्त्री गिरीकै संयोजकत्वमा संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेको समिति गठन भएको हो । 

समिति संयोजक समेत रहेका मन्त्री गिरीले आज भोलिमै यथोचित मागहरू वार्ताबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो बताएका हुन् । 

“सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रियसभाको अध्यक्षज्यू, अर्थमन्त्रीसहित हामी बैठकमा बस्यौँ । संघीय संसदका कर्मचारीहरुले जुन माग उठाएर सेवा सुविधाको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरूको मागलाई सम्बोधन गरेर संसद्लाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्नेगरी संयोजन समिति बनेको छ । त्यसले आजबाट काम सुरु गर्छ । आज भोलिमै यो विषय टुंग्याउँछौँ । माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ,” मन्त्री गिरीले भने । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro