site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भविष्यमा सहरको चाप व्यवस्थापन गर्न अहिले नै सचेत हुनुपर्नेमा बालेनको जोड 
फाइल तस्बिर । 
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ठूला सहरकेन्द्रित बसाइँसराइले भविष्यमा पर्नसक्ने असरको व्यवस्थापनका लागि अहिले नै सचेत हुनुपर्ने बताएका छन् ।  

“ठूला सहरकेन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिकजस्ता कारणले फरक–फरक ठाउँका सहरको समस्या फरक हुन सक्छन्,” मेट्रोपोलिस निर्देशक समितिको बैठकबाट फर्किएपछि उनले भने, “तर केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।” 

KFC Island Ad
NIC Asia

मेयर बालेन मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका हुन् । बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । 

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरको आवद्धता रहेका अन्तर्राष्ट्रिय संस्था हो ।   

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro