site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लेखा समितिमा अख्तियारले पठायो ‘चित्त नबुझ्ने’ विवरण !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसदीय समितिलाई ‘चित्त नबुझ्ने’ प्रगति विवरण पठाएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ‘भ्रष्टाचार तथा राजस्व हिनामिनामा अख्तियार दुरुपयोग’ भएको विषयमा अनुसन्धान गर्न आयोगलाई निर्देशन दिने गरेको छ । तर, अख्तियारले अनुसन्धानमा भएको प्रगतिबारे समितिलाई जानकारी नै दिने गरेको छैन ।

०७६ सालमा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसन मागेको आरोप लागेको थियो । आरोपपछि उनले पदबाट राजीनामा दिएका थिए ।

यस प्रकरणमा मुछिएका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले दोषी ठहर गरेर सजाय सुनाइसकेको छ । अख्तियारले यस प्रकरणमा अझै अनुसन्धान भइरहेको जानकारी लेखा समितिलाई पठाएको छ । 

अख्तियारले पाँच वर्ष बितिसक्दा अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन नसकेको विवरण समितिमा पठाएको छ । समितिका सदस्यहरू नै अख्तियारले बुझाएको विवरणदेखि सन्तुष्ट छैनन् ।

"जतिपटक प्रगति विवरण माग्दा पनि अनुसन्धान भइरहेको झारो टार्ने जवाफ आउने गरेको छ । फेरि चित्त बुझेन, थप विवरण पठाउने भनी लेख्नबाहेक अरू के उपाय छ र !,” एक सदस्यले भने ।

अख्तियारलाई लेखा समितिले टेरामक्स प्रकरणमा अनुसन्धान गर्न र प्रत्येक महिनाको प्रगति विवरण बुझाउन भनेको थियो । ०८० पुस ११ गते बसेको समितिको बैठकले टेरामक्स खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारै अख्तियारलाई छानबिन गर्न निर्देशन दियो । जसको प्रगति विवरण हरेक ३० दिनमा पठाउन भनिएको थियो ।

तर, अख्तियारले पाँच महिनापछि मात्र विवरण पठाएको छ । विवरण अनुसार गत वर्ष साउनबाट सुरु भएको अनुसन्धान अझै सकिएको छैन ।

समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, अख्तियारले जेठ २५ गते प्रगति विवरण बुझाएको हो ।

“अख्तियारले हामीलाई मागेको विवरण पठाएको छ । टेरामक्स प्रकरणमा अनुसन्धान भइरहेको जानकारी गराएको छ,” उनले भने ।

लेखा समितिले टेरामक्स र सेक्युरिटी प्रिन्टिङबाहेक अख्तियारलाई अन्य १९ वटा विषयमा पनि छानबिन गर्न भनेको थियो । ती विषयको प्रगति विवरण पनि अख्तियारले पठाएको छ ।

“२१ विषयको जानकारी हामीलाई पठाइएको छ,” पोखरेलले बाह्रखरीसँग भने । 

कुन विषयको कति भयो प्रगति भयो ?

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro