site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा बाढीबाट मृत्यु हुनेकाे संख्या ३८ पुग्यो
फाइल तस्बिर
SkywellSkywell

बेइजिङ । यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मृत्यु हुनेकाे संख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

सरकारी प्रसारक सीसीटीभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सीसीटीभीले बताएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको संख्या बढेर ३८ पुगेको छ । 

Dabur Nepal
NIC Asia

 “प्रकोपको गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ,” सीसीटीभीले भनेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । 

चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ ।  वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले ठूलो वर्षा र लु जस्ता चरम मौसमलाई थप बारम्बार र तीव्र बनाउँछ । हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu